काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्मा जोसुकै प्रवेश गरे पनि आफ्नै प्रवेशजस्तो अनुभूति हुने टिप्पणी गरेका छन्।
प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संघर्ष र आन्दोलनको परिणामस्वरूप उत्पीडित समुदायले संसद्मा स्थान पाएको बताएका छन्।
उनले आफ्नो राजनीतिक संघर्षको स्मरण गर्दै वर्तमान संसद् परिवर्तनको परिणाम भएको पनि उल्लेख गरे।


