काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका दुई अधिकृतलाई पासपोर्टमा ‘काम गर्न निषेध’ लेखेको प्रकरणमा जिम्मेवारीबाट हटाइएको छ।
अध्यागमन विभागले यस्तो कार्य कुनै नीतिअनुसार नभएको भन्दै गैरकानुनी अभ्यास गरेको निष्कर्ष निकाल्दै छानबिन सुरु गरेको जनाएको छ।
यूएई जान लागेका नेपालीको पासपोर्टमा यस्तो उल्लेख गरिएको घटना बाहिरिएपछि विभागले समिति गठन गरी अनुसन्धान अघि बढाएको छ।


