काठमाडौं । अस्ट्रेलियामा अध्ययनरत तथा कार्यरत आप्रवासी विद्यार्थीहरू व्यापक आर्थिक शोषणमा परेको एक अध्ययनले देखाएको छ।
‘माइग्रेन्ट जस्टिस इन्स्टिच्युट’को प्रतिवेदनअनुसार अस्थायी आप्रवासी श्रमिकमध्ये ६६ प्रतिशतले कानुनी न्यूनतम ज्यालाभन्दा कम पारिश्रमिक पाइरहेका छन्। विशेषगरी होटल, रेष्टुरेन्ट, सफाइ र खुद्रा व्यापार क्षेत्रमा कार्यरत नेपाली विद्यार्थीहरू बढी प्रभावित भएको उल्लेख गरिएको छ।
भिसा समस्या, जागिर गुम्ने डर र नगदमा काम गराइने प्रचलनका कारण धेरै विद्यार्थीले शोषणविरुद्ध उजुरीसमेत गर्न नसकेको प्रतिवेदनले जनाएको छ।


