Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > आइतबार सार्वजनिक बिदामा पनि ओपीडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

आइतबार सार्वजनिक बिदामा पनि ओपीडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक बिदाको दिन पनि अस्पतालहरूमा ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।

मन्त्रालयले सेवा प्रवाहमा असर नपरोस् भन्दै जनशक्ति र कामको भारअनुसार सेवा व्यवस्थापन गर्न अस्पतालहरूलाई आग्रह गरेको छ। साथै, कर्मचारीलाई अन्य दिन बिदा मिलाउने वा सट्टा बिदा दिने व्यवस्था गर्न पनि निर्देशन दिइएको छ।

प्रदेशस्तरीय अस्पतालहरूमा समेत आवश्यक जनशक्ति व्यवस्थापन गर्न सम्बन्धित निकायलाई अनुरोध गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *