Friday, June 05, 2026
Home > खेलकुद समाचार > आइपिएल: पञ्जाबले मुम्बईलाई ७ विकेटले पराजित गर्दै अपराजित यात्रा कायम राख्यो

आइपिएल: पञ्जाबले मुम्बईलाई ७ विकेटले पराजित गर्दै अपराजित यात्रा कायम राख्यो

मुंबई, वैशाख ४ – इन्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्सले मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गर्दै आफ्नो अपराजित यात्रा कायम राखेको छ। मुम्बईले २० ओभरमा १९५ रन बनाएको थियो, जसमा क्विन्टन डिककको शतक (११२ रन) शामिल थियो।

पञ्जाबले ३ विकेट गुमाएर २१ बल बाँकी रहँदै १ सय ९६ रनको लक्ष्य पूरा गर्‍यो। प्रभसिम्रन सिंह (८० रन) र कप्तान श्रेयस अय्यर (६६ रन) ले पञ्जाबको जितमा महत्वपूर्ण योगदान दिए। पञ्जाबले ५ खेलबाट ४ जित र १ नतिजा विहिन खेलसँग ९ अंक बनाउँदै तालिकाको शीर्ष स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *