Friday, June 05, 2026
Home > आर्थिक समाचार > ९ महिनामा ४१ अर्ब वैदेशिक लगानी प्रतिबद्धता, कृषि क्षेत्रमा सबैभन्दा बढी

९ महिनामा ४१ अर्ब वैदेशिक लगानी प्रतिबद्धता, कृषि क्षेत्रमा सबैभन्दा बढी

काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो ९ महिनामा नेपालमा ४१ अर्ब ७९ करोड रुपैयाँभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ। उद्योग विभागका अनुसार साउनदेखि चैतसम्म ६१५ परियोजनाका लागि लगानी प्रस्ताव आएको हो, जसबाट करिब २२ हजार रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ।

चैत महिनामा मात्रै ६१ परियोजनाका लागि १ अर्ब १२ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ।

क्षेत्रगत रूपमा सबैभन्दा बढी लगानी कृषिमूलक क्षेत्रमा २२ अर्ब रुपैयाँभन्दा बढी देखिएको छ। त्यसपछि पर्यटन (११ अर्ब), सेवा (३.८९ अर्ब), उत्पादन (२.५४ अर्ब), सूचना प्रविधि (१.४५ अर्ब), ऊर्जा (२३ करोड) र खनिज क्षेत्र (११ करोड) मा लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *