काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टोली र ओमान राष्ट्रिय क्रिकेट टोली बीच आज विश्वकप लिग–२ अन्तर्गत प्रतिस्पर्धा हुँदैछ। खेल त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान मा बिहान ९:३० बजे सुरु हुनेछ।
नेपाल यूएईविरुद्धको जितपछि उच्च मनोबलमा छ भने ओमान अघिल्लो हारबाट फर्किने लक्ष्यमा छ। अंकतालिकामा सुधारका लागि दुवै टोलीका लागि खेल महत्वपूर्ण मानिएको छ।


