Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > कंकाल बोकेर बैंक पुगे भाइ, अन्ततः पाइयो दिदीको पैसा

कंकाल बोकेर बैंक पुगे भाइ, अन्ततः पाइयो दिदीको पैसा

भारतको ओडिशा राज्यमा एक अनौठो र दर्दनाक घटना सार्वजनिक भएको छ। ५२ वर्षीय जीतू मुण्डा आफ्नी मृत दिदीको बैंकमा रहेको रकम निकाल्न कंकाल बोकेरै बैंक पुगेपछि सबै चकित भए।

दिदीको मृत्यु भइसकेको जानकारी दिँदा पनि बैंकले प्रमाण मागेपछि उनले मसानबाट अस्थिपञ्जर निकालेर ल्याएका थिए। घटनापछि प्रशासनले हस्तक्षेप गर्दै रकम (करिब १९ हजार रुपैयाँ) सम्बन्धित हकदारलाई उपलब्ध गराएको छ।

यस घटनाले बैंकिङ प्रक्रिया र मानवीय संवेदनामाथि गम्भीर प्रश्न उठाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *