Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > एमाले सचिवालय बैठक आज बस्दै

एमाले सचिवालय बैठक आज बस्दै

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक आज भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओली निवासमा बस्दैछ।

दिउँसो १ बजे हुने बैठकको मुख्य एजेन्डा नेताहरूको कार्यविभाजन रहेको बताइएको छ। ११औँ महाधिवेशनपछि जिम्मेवारी बाँडफाँट हुन नसकेकाले आज त्यसबारे निर्णय हुने सम्भावना छ।

बैठकमा केन्द्रीय सदस्यलाई पालिका इञ्चार्ज बनाउने, विभाग तथा निकायमा जिम्मेवारी तोक्ने र आगामी केन्द्रीय कमिटी बैठकको मिति तय गर्ने तयारी रहेको एमालेले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *