काठमाडौँ। नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि र मध्यपूर्वको युद्धका कारण दैनिक करिब ९३ करोड रुपैयाँ घाटा भइरहेको जनाएको छ।
निगमका अनुसार घाटा बढ्दै गए इन्डियन आयल कर्पोरेसनलाई भुक्तानी गर्न नसकिने र इन्धन आपूर्ति शृंखला नै अवरुद्ध हुन सक्ने जोखिम छ।
यसै कारण हालै पेट्रोल, डिजेल, एलपी ग्यास र हवाई इन्धनको मूल्य वृद्धि गरिएको भए पनि घाटा अझै कायम रहेको निगमले जनाएको छ।
निगमले इन्धन बचत गर्न उपभोक्तालाई आग्रह गर्दै अनावश्यक प्रयोग कम गर्न अपिल गरेको छ।


