Friday, June 05, 2026
Home > स्थानीय समाचार > सिरहा नगरपालिकामा कर्मचारी आन्दोलन, सेवा ठप्प

सिरहा नगरपालिकामा कर्मचारी आन्दोलन, सेवा ठप्प

सिरहा — मेयर नवीनकुमार यादवलाई पक्राउ नगरेको विरोधमा नगरपालिकाका कर्मचारीहरू आन्दोलित हुँदा शुक्रबार नगरपालिकाको सम्पूर्ण प्रशासनिक सेवा ठप्प भएको छ।

मेयर यादवमाथि कार्यालय सहयोगीलाई कुटपिट गरेको आरोपमा अभद्र व्यवहार मुद्दा दर्ता भई पक्राउ पुर्जी जारी गरिएको छ। घटनामा संलग्न अर्का कर्मचारी रोहित मेस्तर पक्राउ परिसकेका छन्।

तर मेयर पक्राउ नपरेको भन्दै कर्मचारीहरूले स्वास्थ्य, कृषि, पशु तथा वडा कार्यालयका सबै सेवा बन्द गरेका छन्, जसका कारण सेवाग्राही प्रभावित भएका छन्।

कर्मचारीहरूले प्रहरीले मेयरलाई पक्राउ गर्न ढिलाइ गरेको आरोप लगाउँदै आन्दोलन जारी राखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *