Friday, June 05, 2026
Home > खेलकुद समाचार > आर्मीले तेस्रोपटक प्रधानमन्त्री कप जित्यो, सुदूरपश्चिम पराजित

आर्मीले तेस्रोपटक प्रधानमन्त्री कप जित्यो, सुदूरपश्चिम पराजित

काठमाडौं– त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको उपाधि तेस्रोपटक जितेको छ।

वीरगन्जमा भएको फाइनलमा आर्मीले सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै १६२ रनको लक्ष्य ३४.३ ओभरमा पूरा गर्‍यो। इम्रान शेख (४६*) र बसिर अहमद (४५) ले महत्वपूर्ण साझेदारी गर्दै जित दिलाए।

यसअघि २०१७ र २०२१ मा पनि उपाधि जितेको आर्मीले पुनः च्याम्पियन बनेको हो भने पहिलोपटक फाइनल पुगेको सुदूरपश्चिम उपविजेतामै सीमित भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *