सिरहा, वैशाख ३ – जिल्ला प्रशासन कार्यालय, सिरहाले सार्वजनिक सवारीसाधनमा आगामी २० दिनभित्र सीसीटीभी जडान गर्न निर्देशन दिएको छ। सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार, जिल्ला यातायात व्यवस्थापन समितिको निर्णयअनुसार सिरहा, मिर्चैया, लहानलगायतका स्थानबाट चल्ने लामो र छोटो दूरीका सार्वजनिक यातायातमा अनिवार्य रूपमा सीसीटीभी जडान गर्नुपर्नेछ। यसको अनुगमन यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरी कार्यालयले गर्नेछन्, र म्यादपछि निर्देशनको उल्लंघन गरेमा कारबाही गरिनेछ।


