प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा त्रिभुवन आर्मी क्लबले आफ्नो अपराजित यात्रा कायम राख्दै लगातार सातौँ जित निकालेको छ। सोमबार आर्मीले कोसी प्रदेशलाई १८५ रनले पराजित गरेको हो।
पहिले ब्याटिङ गरेको आर्मीले कप्तान विनोद भण्डारीको १८९ रनको उत्कृष्ट शतकको मद्दतमा ३६२ रन बनाएको थियो। भीम सार्कीले ८० रन जोडे।
३६३ रनको लक्ष्य पछ्याएको कोसी ३६ ओभरमा १७७ रनमै समेटियो। आर्मीका आकाश चन्दले ३ विकेट लिए।
यो हारसँगै कोसीको प्रतियोगितामा लगातार आठौँ हार भएको छ र टोली अंक तालिकाको पुछारमा छ।


