Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > इट्टा भट्टा सञ्चालनमा नयाँ कडा वातावरणीय मापदण्ड लागू, चिम्नी उचाइ तोकियो

इट्टा भट्टा सञ्चालनमा नयाँ कडा वातावरणीय मापदण्ड लागू, चिम्नी उचाइ तोकियो

सरकारले इट्टा उद्योगबाट हुने वायु प्रदूषण नियन्त्रण गर्न नयाँ वातावरणीय मापदण्ड २०८२ लागू गरेको छ। नयाँ नियमअनुसार विभिन्न प्रविधिका भट्टाहरूका लागि चिम्नीको न्यूनतम उचाइ तोकिएको छ।

नेचुरल ड्राफ्ट बुल्स ट्रेन्च र हफम्यान क्लिनका लागि ३० मिटर, फोर्स ड्राफ्टका लागि १७ मिटर, भर्टिकल साफ्टका लागि १५ मिटर, टनेल क्लिनका लागि १० मिटर र हाइब्रिड हफम्यानका लागि ७ मिटर उचाइ अनिवार्य गरिएको छ।

साथै, टायर, प्लास्टिक, पेटकोक लगायत जोखिमपूर्ण फोहोर इन्धनका रूपमा प्रयोग गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ। नयाँ उद्योगमा जिग–ज्याग प्रविधि अनिवार्य गरिएको छ भने पुराना उद्योगलाई दुई वर्षभित्र रूपान्तरण गर्न निर्देशन दिइएको छ।

धुलो नियन्त्रण, पानी छर्कने व्यवस्था, सुरक्षित ढुवानी र चिम्नीमा मापन पोर्ट निर्माण पनि अनिवार्य गरिएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *