ठगी र सम्पत्ति शुद्धीकरणको आरोप लागेकी टिकटकर तुल्सा अधिकारी थाइल्यान्डबाट पक्राउ परेपछि नेपाल ल्याइएकी छन्। उनीविरुद्ध ६ करोड ५२ लाख रुपैयाँभन्दा बढी ठगी तथा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ।
प्रहरीका अनुसार रेड नोटिस जारी भएपछि उनी थाइल्यान्डमा पक्राउ परेकी हुन्। हाल उनलाई ललितपुर प्रहरीको हिरासतमा राखिएको छ र अदालतमा पेस गर्ने तयारी गरिएको छ।


