Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > इन्डोनेसियाको बोर्नियोमा हेलिकोप्टर दुर्घटना, ८ जनाको मृत्यु

इन्डोनेसियाको बोर्नियोमा हेलिकोप्टर दुर्घटना, ८ जनाको मृत्यु

जकार्ता– इन्डोनेसियाको बोर्नियो टापुको घना जंगलमा निजी हेलिकोप्टर दुर्घटना हुँदा चालक दलका २ सदस्यसहित ८ जनाको मृत्यु भएको छ।

उडान भरेको करिब पाँच मिनेटमै हेलिकोप्टरको हवाई नियन्त्रणसँग सम्पर्क टुटेको र पछि खोजी टोलीले दुर्घटनास्थल फेला पारेको अधिकारीहरूले जनाएका छन्। विमानमा एक मलेसियाली नागरिक पनि सवार रहेको पुष्टि भएको छ।

सबै यात्रु र चालक दलका सदस्यको मृत्यु भएको पुष्टि गरिएको छ भने शवहरू प्रान्तीय राजधानीतर्फ पठाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *