काठमाडौं– नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी रिटमा सर्वोच्च अदालतमा सुनुवाइ आज पनि निरन्तर हुने भएको छ। सुनुवाइ नसकिएकाले मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको छ र आजै आदेश आउने सम्भावना रहेको बताइएको छ।
पूर्व सभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगको निर्णयविरुद्ध रिट दायर गरेका थिए। देउवा पक्ष र सरकारी वकिलको बहस सकिए पनि आज विपक्षीका तर्फबाट प्रतिरक्षा बहस हुने छ।
बहस सकिएपछि अदालतले आजै आदेश दिन सक्ने सम्भावना रहेको छ।


