काठमाडौँ, १ चैत २०८२ – इजरायल र अमेरिकासँग युद्धको बीचमा इरानले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई खोजी-खोजी मार्ने चेतावनी दिएको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले आफ्नो पूरै शक्ति प्रयोग गरेर नेतन्याहुलाई मार्ने वाचा गरेको छ।
आईआरजीसीका अधिकारीले भने, “यदि नेतन्याहु जीवित छन् भने हामी उनलाई पूर्ण शक्तिका साथ खोजी मार्नेछौं।”
यो चेतावनी तब आएको हो, जब मार्च १३ मा नेतन्याहुको भिडिओ सन्देश सार्वजनिक भएको थियो, जसको केही फ्रेममा अनौठो दृश्य देखिएको थियो, जसलाई केहीले झुटा दाबी गरेको थिए।


