काठमाडौं — इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा सकुशल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
३३ वर्षीय झा हाल कारागारमा छन् र उनीविरुद्ध मुद्दा चलिरहेको मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले जानकारी दिए।
उनको पक्राउ हालको मध्यपूर्व तनावसँग सम्बन्धित नभएको स्पष्ट पार्दै सरकारले आवश्यक पहल जारी राखेको जनाएको छ।


