अमेरिकी एफ–३५ लडाकु विमानले मध्यपूर्वको एक हवाई अड्डामा आपतकालीन अवतरण गरेको छ। अमेरिकी सेनाका अनुसार पाइलट सुरक्षित र स्थिर अवस्थामा रहेका छन्।
इरानको रिभोलुसनरी गार्डले आक्रमण गरेको दाबी गरे पनि यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन। सीएनएनका अनुसार करिब १०० मिलियन डलर मूल्यको उक्त विमान इरानी प्रहारमा परेको हुन सक्ने आशंका गरिएको छ।


