तेहरान। इरानका सर्वोच्च नेता आयतुल्ला अली खामेनी का वरिष्ठ सल्लाहकार कमल खाराजी को निधन भएको छ।
यसै महिनाको सुरुवातमा भएको आक्रमणमा गम्भीर घाइते भएका खाराजीको उपचारका क्रममा बिहीबार मृत्यु भएको हो। सोही आक्रमणमा उनकी पत्नीको घटनास्थलमै मृत्यु भएको थियो।
इरानी सञ्चारमाध्यमका अनुसार अमेरिका र इजरायलले उनको घरलाई लक्षित गरी आक्रमण गरेका थिए।


