काठमाडौँ। अब नागरिक एपमार्फत वैदेशिक अध्ययनका लागि आवश्यक नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) र लोक सेवा आयोगको प्रवेशपत्र लिन सकिने भएको छ।
सूचना प्रविधि विभागका अनुसार यी सेवा एक साताभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। प्रणाली हाल प्राविधिक परीक्षण चरणमा रहेको छ।
सेवा सुरु भएपछि सरकारी कामका लागि कार्यालय धाउनुपर्ने र लाइन बस्नुपर्ने झन्झट कम हुने विभागले जनाएको छ।


