Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > इरान मुद्दामा अमेरिका–चीन तनाव बढ्दै, बेइजिङको कडा प्रतिक्रिया

इरान मुद्दामा अमेरिका–चीन तनाव बढ्दै, बेइजिङको कडा प्रतिक्रिया

काठमाडौं — चीन ले इरान लाई सैन्य सहयोग दिएको संयुक्त राज्य अमेरिका को आरोपलाई पूर्ण रूपमा अस्वीकार गर्दै कडा प्रतिक्रिया दिएको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले आरोपलाई “आधारहीन र मनगढन्ते” भन्दै खारेज गरेका छन्। यस्ता आरोपका आधारमा अमेरिका तर्फबाट भन्सार शुल्क बढाइएमा चीनले जवाफी कदम चाल्ने चेतावनी दिएको छ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानलाई सहयोग गर्ने देशले परिणाम भोग्नुपर्ने बताएका छन्। विश्लेषकहरूका अनुसार यस घटनाले अमेरिका–चीन सम्बन्धमा थप तनाव बढाउने संकेत दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *