Friday, June 05, 2026
Home > स्थानीय समाचार > इलाममा गर्भवती गाई हत्या, दोषी पत्ता लगाउन माग

इलाममा गर्भवती गाई हत्या, दोषी पत्ता लगाउन माग

इलाम: सूर्योदय नगरपालिका–१ गोर्खे बजारमा सुत्केरी हुन लागेको गाईलाई अज्ञात व्यक्तिले निर्ममतापूर्वक हत्या गरेका छन्।

स्थानीय दीपेश मोदीको गोठमा बाँधिएको गाईको घाँटी र टाउकोमा गम्भीर चोटसहित मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। अन्य पशु सुरक्षित रहे पनि गर्भवती गाई मात्र लक्षित गरिनुले घटना रहस्यमय बनेको छ।

प्रहरीले अनुसन्धान सुरु गरेको छ भने सामाजिक सञ्जालमा दोषीलाई कडा कारबाहीको माग तीव्र बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *