Friday, June 05, 2026
Home > विराटनगर समाचार > उत्पादन बढाए मात्र आयात घट्छ : अध्यक्ष राउत

उत्पादन बढाए मात्र आयात घट्छ : अध्यक्ष राउत

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले स्वदेशी उत्पादन नबढाएसम्म आयात घटाउन नसकिने बताएका छन्। विराटनगरमा आयोजित पदस्थापन कार्यक्रममा उनले सरकारको नीति र बजेटमा आयात घटाउने लक्ष्य भए पनि उत्पादन विस्तारको स्पष्ट रणनीति नहुँदा परिणाम नदेखिएको टिप्पणी गरे।

उनका अनुसार उद्योग स्थापना र उत्पादन वृद्धि बिना आयात प्रतिस्थापन सम्भव छैन। “उत्पादन नबढेसम्म आयात घट्दैन,” उनले भने।

राउतले हालको सरकारको नीति तथा कार्यक्रममा समावेश ‘लगानी एक्सप्रेस’, एकै दिन कम्पनी दर्ता, र कर सुधारजस्ता घोषणाले निजी क्षेत्रमा केही आशा जगाएको उल्लेख गरे।

उनले कोशी प्रदेशमा कृषि, पर्यटन र जलविद्युतको ठूलो सम्भावना रहेको भन्दै तिनै क्षेत्रलाई आर्थिक विकासको आधार बनाउनुपर्नेमा जोड दिए। साथै, महँगी, लगानी सुरक्षा, र अन्तर्राष्ट्रिय द्वन्द्वका असरले उद्योग क्षेत्र प्रभावित भइरहेको पनि बताए।

कार्यक्रममा उद्योगी–व्यवसायी तथा प्रदेश सरकारका प्रतिनिधिहरूले निजी क्षेत्र र सरकारबीच सहकार्य बढाउँदै लगानीमैत्री वातावरण बनाउनुपर्ने धारणा राखे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *