काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी–व्यवसायीहरूलाई डर वा त्रास नमान्न आग्रह गरेका छन्।
आइतबार निजी क्षेत्रका प्रतिनिधिसँगको भेटमा उनले सरकारको उद्देश्य व्यवसायलाई कमजोर बनाउने नभई नीति सुधार र सुशासन प्रवर्द्धन गर्ने रहेको स्पष्ट पारे।
उनले सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न चाहेको भन्दै अर्थतन्त्र कमजोर बनाउने गतिविधिमा भने कडाइ गर्ने बताए। विगतको राजनीतिक दबाब र अस्थिरता अब नदोहोरिने विश्वास पनि उनले दिलाए।


