Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > पूर्वमन्त्री गुप्तासहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै

पूर्वमन्त्री गुप्तासहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै

काठमाडौं । पोखराको लिचीबारी जग्गा प्रकरणमा पूर्वसंघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासहित ७ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा सुनुवाइ हुँदैछ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदको दुरुपयोग गरी करिब ७८ लाख रुपैयाँ घुस लिएको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो।

डिजिटल फरेन्सिक र अडियो प्रमाणका आधारमा मुद्दा अघि बढाइएको अख्तियारको दाबी छ। उक्त प्रकरणमा पूर्वमन्त्री रञ्जिता श्रेष्ठसमेत मुछिएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *