Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > उपत्यकामा ट्राफिक कारबाहीबाट एकैदिन झन्डै २० लाख राजस्व संकलन

उपत्यकामा ट्राफिक कारबाहीबाट एकैदिन झन्डै २० लाख राजस्व संकलन

काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार १४४ सवारीचालक कारबाहीमा परेका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीबाट १९ लाख ९५ हजार रुपैयाँ राजस्व संकलन भएको छ। मापसे, तीव्र गति, ट्राफिक बत्ती उल्लङ्घन, अवैध राइड सेयरिङ, लेन अनुशासन उल्लङ्घनलगायतका कसुरमा चालकहरूलाई कारबाही गरिएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *