काठमाडौं । सरकारले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेका सुकुम्वासी बस्ती हटाउने तयारी थालेको छ।
प्रधानमन्त्रीको निर्देशनपछि सुरक्षा निकाय र सरोकारवाला निकायबीच व्यवस्थापन र सुरक्षा तयारीबारे छलफल सुरु भएको छ।
थापाथली, टोखा लगायतका क्षेत्रमा रहेका बस्तीका बासिन्दालाई पहिलो चरणमा अस्थायी रूपमा होटल तथा लजमा राख्ने र पछि अन्य स्थानमा व्यवस्थापन गर्ने तयारी गरिएको छ।


