काठमाडौं, १० वैशाख — संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाले सरकारले बल प्रयोग गरेर सुकुमवासी बस्ती हटाउने प्रयास गरे कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ।
मोर्चाको बिहीबार शंखमुलमा बसेको बैठकले सरकारको निर्णयबारे छलफल गर्दै आधिकारिकता स्पष्ट नभएको भन्दै यदि बल प्रयोग गरिए प्रतिरोधमा उत्रिने निर्णय गरेको उपाध्यक्ष पवन गुरुङले बताएका छन्।
यसैबीच, प्रधानमन्त्री शाहले सुरक्षा निकाय प्रमुखहरूसँग छलफल गर्दै आउँदो शनिबार र आइतबार बस्ती खाली गराउने निर्देशन दिएको खबर सार्वजनिक भएको छ।


