काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने २,१११ चालकलाई कारबाही गरेको जनाएको छ।
कारबाहीबाट ५ लाख ६५ हजार रुपैयाँ राजस्व संकलन भएको छ। मापसे, तीव्र गति, ट्राफिक संकेत उल्लंघन र लेन अनुशासन नमानेका चालक बढी कारबाहीमा परेका छन्।
प्रहरीले नियम उल्लंघन नरोकिएकाले निगरानी थप कडा बनाउँदै चालकलाई नियम पालना गर्न आग्रह गरेको छ।


