काठमाडौं । प्रतिनिधिसभामा सरकारको शासन शैलीबारे प्रश्न उठाउँदै नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार लोकतन्त्रभन्दा फरक ‘बालेनतन्त्र’तर्फ गएको हो कि भन्ने आशंका व्यक्त गरेका छन्।
उनले नीति तथा कार्यक्रममाथिको जवाफ दिन प्रधानमन्त्री स्वयं अनुपस्थित भएपछि सरकारको जवाफदेहितामाथि प्रश्न उठाए। महरले सरकार कुन शासन प्रणालीअनुसार अघि बढिरहेको हो भन्ने स्पष्ट हुनुपर्ने बताए।
उनका अनुसार प्रधानमन्त्रीको पटक–पटकको अनुपस्थितिले संसदको गरिमा कमजोर बनाएको भन्दै उनी सदनप्रति उत्तरदायी हुनुपर्ने आवश्यकता रहेको बताए।


