काठमाडौं — राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाख १ गतेदेखि चैत २४ गतेसम्म देशभर ७,५४७ विपद्का घटना भएका छन्। यी घटनाले १३,५०४ परिवार प्रत्यक्ष प्रभावित भएका छन्।
सबैभन्दा धेरै आगलागी भएका छन्, जसबाट १०४ जनाको मृत्यु, ५६३ घाइते र ४,१८२ परिवार प्रभावित भएका छन्। बाढी, पहिरो, भारी वर्षा, चट्याङ, हावाहुरी र वन डढेलोका कारण ३८६ जनाको मृत्यु, १,९६५ घाइते र ५२२ परिवार प्रभावित भएका छन्।
प्राधिकरणले विपद्का कारण जनधनको ठूलो क्षति भएको र सामान्य सावधानी अपनाउँदा पनि रोक्न सकिने घटनाहरू बढी भएको जनाएको छ।


