Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > प्रधानमन्त्री बालेनको नयाँ कार्यशैली: बालुवाटार बन्द, सिंहदरबारबाट शासन

प्रधानमन्त्री बालेनको नयाँ कार्यशैली: बालुवाटार बन्द, सिंहदरबारबाट शासन

काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाह ले परम्परागत कार्यशैली बदलेर बालुवाटार निवासलाई राजनीतिक र औपचारिक भेटघाटबाट पूर्णतः अलग राखेका छन्। अब सबै प्रशासनिक र औपचारिक काम सिंहदरबारबाटै हुने भएका छन्।

प्रधानमन्त्री बिहान ८:३० बजे सिंहदरबार पुगेर काम सुरु गर्ने गरेका छन्। राजदूतहरूसँगको सामूहिक भेटघाट पनि अब सिंहदरबारमै तय गरिएको छ।

मन्त्रीहरूलाई कार्यसम्पादन विवरण बुझाउन जोड दिँदै उनले १०० बुँदे शासकीय सुधार र सुशासनलाई प्राथमिकता दिएका छन्। बालेनले मेयर छँदाको जस्तै सिंहदरबार केन्द्रित मोडेल अपनाएर नतिजामुखी काममा केन्द्रित हुने प्रयास गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *