नेपाली महिला भलिबल टोलीले अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआईभीबी)को वरीयतामा ठूलो प्रगति गरेको छ।
आइतबार सार्वजनिक वरीयताअनुसार नेपालले १०७ स्थानको सुधार गर्दै ५८औँ स्थानमा पुगेको छ। यसअघि नेपाल १६५औँ स्थानमा थियो।
काठमाडौंमा जारी काभा महिला भलिबल प्रतियोगितामा नेपालले भारतसँग ३–२ ले हार बेहोरे पनि किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो।


