Friday, June 05, 2026
Home > स्थानीय समाचार > सुनकोसी नदीमा नुहाउने क्रममा डुबेर दुई बालकको मृत्यु

सुनकोसी नदीमा नुहाउने क्रममा डुबेर दुई बालकको मृत्यु

सिन्धुलीको सुनकोसी गाउँपालिका–५ सित्खास्थित सुनकोसी नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ। आइतबार नुहाउने क्रममा डुबेका ९ वर्षीय सफल मगर र १० वर्षीय युकेश विकको घटनास्थलमै मृत्यु भएको हो। स्थानीयले एक बालकको शव नदी किनारबाट निकालेका थिए भने अर्को शव विपद् व्यवस्थापन टोलीले नदीभित्रबाट फेला पारेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *