पुष्पकमल दाहाल प्रचण्डले अर्थपूर्ण र परिणाममुखी कम्युनिस्ट एकता नेकपा एमालेसँगै सम्भव हुने बताएका छन्।
कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले चुनावपछि वाम आन्दोलन कमजोर बनेको उल्लेख गर्दै एकताको आवश्यकता महसुस गरिएको बताए। विभिन्न वामपन्थी समूहसँग औपचारिक तथा अनौपचारिक छलफल भइरहेको जनाउँदै उनले तत्काल पार्टी एकता सम्भव नभए पनि सहकार्य र विश्वासको आधारमा भविष्यमा ध्रुवीकरण हुन सक्ने धारणा राखेका छन्।


