महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन, २०८३ को अनुसार युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लगानी गरिएको ६७ करोडभन्दा बढी कर्जा असुल हुन बाँकी रहेको छ।
कोषको अभिलेखअनुसार ४३२ सहकारी संस्थामार्फत लगानी गरिएको ऋणमध्ये साँवा, ब्याज र हर्जनासहित ठूलो रकम उठ्न सकेको छैन। नियमअनुसार समयमा किस्ता नतिरे अतिरिक्त ब्याज लाग्ने व्यवस्था भए पनि असुली प्रक्रिया कमजोर देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ।


