Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > ओलीको सांसदलाई निर्देशन: ‘पार्टीको लाइनमै बोल्नुपर्छ’

ओलीको सांसदलाई निर्देशन: ‘पार्टीको लाइनमै बोल्नुपर्छ’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले सांसदहरूलाई संसद्मा व्यक्तिगत धारणा होइन, पार्टीका आधिकारिक विचार मात्रै प्रस्तुत गर्न निर्देशन दिएका छन्।

च्यासलस्थित पार्टी कार्यालयमा नवनिर्वाचित सांसदलाई सम्बोधन गर्दै उनले “आफ्नो मनलाग्दी बोल्ने होइन, पार्टीको नीति अनुसार बोल्नुपर्छ” भन्दै अनुशासनमा जोड दिएका हुन्।

ओलीले संसद्मा भ्रम फैलाउने होइन, जनतालाई सचेत बनाउने भूमिका निर्वाह गर्नुपर्ने बताउँदै पार्टी एकता मजबुत बनाउनु अहिलेको मुख्य आवश्यकता रहेको उल्लेख गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *