Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > कच्चा तेलसँग तुलना नगर्न आयल निगमको आग्रह

कच्चा तेलसँग तुलना नगर्न आयल निगमको आग्रह

काठमाडौं — नेपाल आयल निगम ले इन्धनको मूल्यलाई केवल कच्चा तेलको मूल्यसँग तुलना गरेर भ्रममा नपर्न आग्रह गरेको छ।

निगमका अनुसार नेपालले कच्चा तेल नभई प्रशोधित पेट्रोल र डिजेल आयात गर्ने भएकाले अन्तर्राष्ट्रिय प्रशोधित इन्धनको मूल्य नै आधार हुन्छ।

ढुवानी, कर, भण्डारण र अन्य खर्चका कारण देशअनुसार इन्धनको खुद्रा मूल्य फरक हुने पनि निगमले स्पष्ट पारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *