Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > उत्तर कोरियाको मिसाइल परीक्षणपछि कोरियाली क्षेत्रमा तनाव

उत्तर कोरियाको मिसाइल परीक्षणपछि कोरियाली क्षेत्रमा तनाव

काठमाडौं — उत्तर कोरिया ले एकसाथ छोटो दूरीका ब्यालेस्टिक मिसाइल परीक्षण गरेपछि कोरियाली प्रायद्वीपमा तनाव फेरि बढेको छ।

दक्षिण कोरियाली सेनाका अनुसार मिसाइलहरू पूर्वी समुद्री क्षेत्रमा खसेका थिए। यसपछि दक्षिण कोरिया ले अमेरिका र जापानसँग सुरक्षा समन्वय बढाएको छ।

संयुक्त राष्ट्रसंघ सम्बद्ध निकायले उत्तर कोरियाको आणविक क्षमता तीव्र रूपमा बढिरहेको चेतावनी दिइरहेका बेला यो परीक्षण भएको हो।

विश्लेषकहरूका अनुसार उत्तर कोरियाले आफ्नो सैन्य शक्ति प्रदर्शन गर्दै सम्भावित कूटनीतिक वार्तामा दबाब बढाउने रणनीति अपनाइरहेको देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *