काठमाडौं — खराब मौसम र तीव्र हावाहुरीका कारण कञ्चनजंघा मा रोप फिक्सिङ रोकिएको छ। केही अन्तर्राष्ट्रिय टोलीले अभियान स्थगित गर्दै काठमाडौं फर्किएका छन्।
Seven Summit Treks का अनुसार ८२ सय मिटरसम्म डोरी टाँग्ने काम सकिए पनि हावाहुरीका कारण टोली आधार शिविर फर्किएको हो। हाल अधिकांश आरोही मौसम सुधारको प्रतीक्षामा रहेका छन् ।


