Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > पाँच दिनमै चेपाङ दम्पतीका तीनै सन्तानको मृत्यु, जंगली च्याउको आशंका

पाँच दिनमै चेपाङ दम्पतीका तीनै सन्तानको मृत्यु, जंगली च्याउको आशंका

चितवनको इच्छाकामना गाउँपालिका–१ कुलबाङका श्यामबहादुर चेपाङले पाँच दिनभित्र आफ्ना तीनै सन्तान गुमाएका छन्। टाउको दुख्ने, वान्ता हुने र पखाला लाग्ने लक्षण देखिएपछि ९ वर्षीया नमुना चेपाङको गाउँमै मृत्यु भएको थियो भने ११ वर्षीय साजन र १३ वर्षीया मनिताको भरतपुर अस्पतालमा उपचारका क्रममा निधन भयो।

परिवारले मकैको भातसँग जंगली साग खाएको र जंगली च्याउको विषाक्त असर हुन सक्ने आशंकामा चिकित्सकहरूले अनुसन्धान गरिरहेका छन्। श्यामबहादुर र उनकी पत्नी पदमकुमारीको अवस्था भने सामान्य रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *