काठमाडौं — कम्बोडियामा समस्यामा परेका २११ नेपाली बैंककस्थित नेपाली दूतावासको सम्पर्कमा आएका छन्। उनीहरूले उद्धार गरी स्वदेश फर्काइदिन आग्रह गरेका छन् भने २७ जना नेपाली विभिन्न कारागारमा रहेको दूतावासले जनाएको छ।
दूतावासका अनुसार आज २५ जना नेपाली स्वदेश फर्किंदै छन्। मानव तस्करीमार्फत कम्बोडिया पुर्याइएका नेपालीहरूलाई अनलाइन स्क्याम सेन्टरमा काम गर्न बाध्य बनाइएको पीडितहरूको भनाइ छ।


