काठमाडौं — कम्बोडियामा अलपत्र परेका ६३ जना नेपालीको उद्धार प्रक्रिया सुरु भएको छ।
थाइल्याण्डस्थित नेपाली राजदूतावास ले उनीहरूका लागि एकतर्फी यात्रा अनुमति पत्र (ट्राभल डकुमेन्ट) तयार गरी स्वदेश फिर्ती प्रक्रिया अघि बढाएको हो।
दूतावासले हालसम्म विवरण प्रमाणीकरण गरी डकुमेन्ट जारी गरेको र बाँकी व्यक्तिहरूको प्रक्रिया पनि छिट्टै पूरा हुने जनाएको छ। साथै, कम्बोडियामा अझै अन्य नेपाली अलपत्र हुन सक्ने भएकाले विवरण उपलब्ध गराउन आग्रह गरिएको छ।


