काठमाडौं — हावाहुरी, वर्षा र असिनाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा उडान प्रभावित भएका छन्।
खराब मौसम र कम भिजिबिलिटीका कारण इन्डिगोको जहाज लखनउ डाइभर्ट गरिएको छ भने कतार एयरवेजको जहाज आकाशमै होल्डमा रहेको छ।
विराटनगर, सिमरा, धनगढी र भैरहवाबाट काठमाडौंका लागि उडेका जहाजहरू पनि गन्तव्य पुग्न नसकी फर्किएका छन्। मौसम सुधार नभए थप उडान डाइभर्ट हुन सक्ने सम्भावना रहेको छ।


