काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सडक सुरक्षालाई कडाइ गर्दै भीआईपी सवारीदेखि सामान्य चालकसम्म नियम उल्लंघन गर्ने सबैलाई कारबाही गरेको छ।
पछिल्लो डेढ महिनामा मात्रै ८६ हजारभन्दा बढी चालक ट्राफिक नियम उल्लंघनमा कारबाहीमा परेका छन्। मापसे, तीव्र गति र अन्य नियम उल्लंघन रोक्न उपत्यकाभर निगरानी बढाइएको प्रहरीले जनाएको छ।


