Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > कांग्रेसमा आरोप–प्रत्यारोप: ५७ जनाले रकम लिएको दाबी, आलेको इन्कार

कांग्रेसमा आरोप–प्रत्यारोप: ५७ जनाले रकम लिएको दाबी, आलेको इन्कार

नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश महामन्त्री नरनारायण शाहले आफूलाई हराउन पार्टीकै ५७ जनाले प्रेम आलेसँग रकम लिएको आरोप लगाएका छन्।

शाहका अनुसार आलेले नै ती व्यक्तिहरूको सूची दिएको दाबी गरेका छन्। तर प्रेम आलेले आरोप अस्वीकार गर्दै कसैलाई पैसा नदिएको बताएका छन्।

यसबीच कांग्रेस कैलालीले विज्ञप्ति जारी गर्दै आरोपको सत्यता सार्वजनिक गर्न शाहसँग माग गरेको छ र आवश्यक परे छानबिन गरी कारबाही गर्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *