काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र नेता पूर्णबहादुर खड्काबीच पार्टीलाई एकताबद्ध बनाउने विषयमा छलफल भएको छ।
गोल्फुटारस्थित खड्काको निवासमा करिब डेढ घण्टा भएको भेटमा नेताहरूले आन्तरिक विवाद र गुटबन्दी अन्त्य गर्दै कांग्रेसलाई एकताबद्ध रूपमा अघि बढाउने सहमति गरेका छन्।
नेता खड्काले पार्टी अहिले गुटमा विभाजित जस्तो देखिएको भन्दै पूर्ण एकता आवश्यक रहेको बताएका छन्। उनले एकता कसरी गर्ने भन्ने जिम्मेवारी अब सभापति र उपसभापतिको रहेको उल्लेख गर्दै स्पष्ट रोडम्याप ल्याउन आग्रह गरेका छन्।


